काठमाडाैं । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका छन्।
मुख्यमन्त्री राईले शनिबार बेलुका मन्त्री आङ्बोलाई पदमुक्त गरेका हुन्। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपाकै सांसदले अविश्वास प्रस्ताव दर्ता गरेपछि प्रदेश–१ मा पनि यसको तयारी गरिएको भन्दै मन्त्री आङ्बोलाई बर्खास्त गरिएको हो।
मन्त्री आङ्बोले नै मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्तावको तयारी र त्यसको नेतृत्व गरिरहेको चर्चा चलेको थियो। संविधानको धारा १६९ को (२) (ख) बमोजिम मन्त्री आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गरेको मुख्यमन्त्री प्रेस सल्लाहकार ध्रुब सुवेदीले बताएका छन्।
अहिले नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहमा रहेका मन्त्री आङ्बो पूर्वमाओवादी पृष्ठभूमिका हुन्। पूर्वमाओवादीबाट उनीसहित विजय विश्वास मन्त्री बनेका थिए। विजय भने पर्यटन राज्यमन्त्री हुन्। यस्तै, माधव नेपाल समूहका जीवन घिमिरे सामाजिक विकास मन्त्री छन्।
मन्त्रीबाट पदमुक्त भएका आङबोले २ वर्ष १० महीना मन्त्रीका रूपमा काम गर्ने अवसर दिएको भन्दै मुख्यमन्त्री राईलाई धन्यवाद दिएका छन्।
‘प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीको रूपमा २ वर्ष १० महीना काम गर्ने अवसर दिनु भएकोमा मा. मुख्यमन्त्री शेरधन राईलाई धन्यवाद व्यक्त गर्दछु’, आङबोले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटनको सिफारिस गरेपछि नेकपा दुई समूहमा बाँडिएको छ। नेकपाको दाहाल–नेपाल समूहले शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइसकेको छ।
मुख्यमन्त्री पौडेल केपी ओली समूहका हुन्। दाहाल–नेपाल समूहका तीन जना मन्त्रीले शुक्रबार नै राजीनामा दिइसकेका छन्।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com