काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादमा तटस्थ जस्तै देखिएका उपाध्यक्ष वामदेव गौतम र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
शनिबार बिहान अध्यक्ष प्रचण्डलाई भेट गर्न उपाध्यक्ष गौतम प्रचण्ड निवास खुमलटार पुगेका थिए ।
दुई नेताबीचको भेटमा के कुराकानी भयो भन्ने बाहिर नआएपनि अध्यक्ष प्रचण्डले पार्टीको संस्थापन पक्षमै रहन गौतमलाई आग्रह गरेको विश्लेषण गरिएको छ ।
गत शनिबार पनि प्रचण्डलाई भेट्न प्रधानमन्त्री ओली पुगेको खुमलटार पुगेकै समयमा गौतम समेत गएका थिए ।
त्यसको भोलिपल्ट पुष ५ गते ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए । यसबीचमा नेकपामा औपचारिक रुपमा फुट आइसकेको छ । यद्यपी, यसको कानूनी वैधता मात्रै टुंगिन बाँकी छ ।
उपाध्यक्ष गौतमले प्रतिनिधिसभा विघटनको विरोध गरेका थिए । तर, उनले पार्टी विभाजन गर्ने कुनै पनि गुट बैठकमा सहभागी नहुने बताउँदै आएका छन् ।
पार्टी केन्द्रीय कमिटीको बैठक बस्नु अघि यहि पुष ७ गते माधव कुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले गौतमलाई भेट गरेका थिए । उनले त्यतिबेला आफुले अझै केहि दिन केही नबोल्ने बताएका थिए ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com