काठमाडौं । प्रिमियर लिग फुटबलमा चेल्सीमाथि आर्सनलले सहज जित निकालेको छ ।
शनिबार राति इमिरेट्स मैदानमा भएको खेलमा आर्सनलले चेल्सीलाई ३–१ गोल अन्तरले हराएको हो । प्रिमियर लिगको पछिल्ला ७ खेलमा विजयी हुन नसकेको आर्सनलले चेल्सीलाई सहजै हराएको हो ।
पहिलो हाफमै २–० को अग्रता लिएको आर्सनलले दोस्रो हाफको सुरूवातैमै ३(० को अग्रता बनाएको थियो ।आर्सनलका अलेक्जेन्ड्रे लाकाजेटले पेनाल्टीमार्फत घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ग्रेनिट जाकाले फ्रि–किकमार्फत शानदार गोल गर्दै खेल नियन्त्रणमा राखेका थिए । बुकायो साकाले दोस्रो हाफको सुरुवातमै आर्सनललाई ३–० को अवस्थामा पुर्याए ।
खेल सकिन ५ मिनेट अघि चेल्सीका टमी अब्राहमले गोल गर्दै हारको अन्तर घटाउने प्रयास गरेका थिए । जितसँगै आर्सनल १७ अंक जोड्दै तालिकाको १४औँ स्थानमा उक्लिएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com