काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ओली सरकारले चुनाव गर्नै नसक्ने दाबी गरेका छन् ।
प्रतिनिधिसभा विघटनको विरोधमा जसपाले गरेको विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले ओलीद्वारा आफुनो निरंकुश शासन लाद्ने उद्देश्यले चुनावको कुरा गरेको बताए । भट्टराईले चुनाव हुन्छ भन्ने भ्रममा नपर्न नेपाली काँग्रेसलाई आग्रह पनि गरे ।
पूर्व प्रधानमन्त्री भट्टराईले भने, ‘चुनाव हुन्छ र चुनावमा गएपछि कांग्रेस ठूलो पार्टी हुन्छ र सरकार चलाउँछौं भन्ने भ्रममा नपर्नुस् ।’ आफ्नो प्रभुत्व कायम नभएसम्म ओलीबाट चुनावको आश गर्नु बेकार भएको भन्दै उनले काँग्रेसलाई नअल्मलिकन आन्दोलनमा सहभागी हुन आग्रह गरे ।
अध्यक्ष भट्टराईले प्रतिनिधिसभा पुनस्र्थापना हुन्छ भन्ने कुरामा पनि विश्वास नलागेको बताए । उनले भने ‘अदालतबाट आशा त गरौं तर भरै पर्ने ठाउँ छैन ।’
‘ओलीले चुनाव गराउने भए मन्त्रिपरिषद विस्तार गर्ने थिएनन’, उनले भने, ‘सरकार प्रतिनिधिसभा विघटन भएपछि काम चलाउ भैसकेको छ । कामचलाउ सरकारले मन्त्री थप्दैन ।’ आफुले १२ वटा मन्त्रालय खाली हुँदा पनि मन्त्री नथपेको स्मरण गर्दै भट्टराईले चुनाव घोषणा गरेपछि प्रधानमन्त्रीले मन्त्री नियुक्त गर्न नपाइने जिकिर गरे ।
भट्टराईले ओली निरंकुश शासक बनेको दाबी गर्दै उनको शासन फाल्न संयुक्त जनआन्दोलन गर्नुपर्ने बताए । उनले सहकार्यका लागि सबै दलहरुलाई आग्रह पन गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेर प्रतिगमन गर्न खोजेको बताए।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com