काठमाडौं । जनता समाजवादी पार्टी ‘जसपा’ले प्रतिनिधिसभा विघटनविरूद्ध आज काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तवरबाट संसद विघटन गरेको भन्दै जसपाले आज काठमाडौंमा प्रदर्शन गर्न लागेको हो ।
पार्टीका शीर्ष नेताहरुको उपस्थितमा रत्नपार्कमा प्रदर्शन हुन लागेको हो । रत्नपार्क शान्ति बाटिकाबाट जुलुस शुरु भई पुतली सडक हुँदै पुनः त्यहीँ स्थानमा पुगेर कोण सभा गर्न लागेको हो ।
सभालाई डा. बाबुराम भट्टराई, महन्थ ठाकृुर र अशोक राईले सम्बोधन गर्ने कार्यक्रम छ । शनिवार जसपाले जिल्ला सदरमुकाम सहित मुख्य शहरमा मशाल जुलुस प्रदर्शन गरेको थियो ।
सो पार्टीले प्रतिनिधि सभा विघटन विरुद्ध जसपाले शुक्रबार विभिन्न स्थानमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएको थियो । जसपाले संसद जीवितै रहेको भन्दै सभामुख अग्नि सापकोटालाई भेटेर बैठक बोलाउन समेत आग्रह गरिसकेको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com