प्राकृतिक रुपमा परिवार नियोजन गर्ने तरिका


काठमाडौं । प्राकृतिक परिवार नियोजनको पनि विधि हुन्छन् भन्ने सुनेको छु । प्राकृतिक परिवार नियोजन विधि भनेको के हो ? यो कसरी गरिन्छ ? मानिसले हजारौँ वर्षदेखि परिवार नियोजनको साधन प्रयोग गर्दै आएका छन् । आज हामीसँग धेरै सुरक्षित र प्रभावकारी परिवार नियोजनका साधन छन् । हरेक साधनका आफ्नै फाइदा र बेफाइदा छन् । तर, परिवार नियोजनका सबै साधनबारे राम्रो ज्ञान राख्ने हो भने आफूलाई सुहाउँदो साधन छनोट गर्न सजिलो हुन्छ ।

परिवार नियोजनका साधनलाई मुख्यतः दुई भागमा बाँडिएको छ, प्राकृतिक परिवार नियोजन र कृत्रिम परिवार नियोजनका साधन ।   प्राकृतिक परिवार नियोजनमा कुनै पनि साधन प्रयोग हुँदैन । आफ्नो शरीरको व्यवहारलाई राम्रोसँग बुझेर र त्यो ज्ञानलाई गर्भ रहनबाट बचाउन प्रयोग गरिन्छ । यसमा महिला र पुरुष दुवैले ध्यान दिएर यो ज्ञानलाई सही तवरले प्रयोग गर्नुपर्छ । कृत्रिम परिवार नियोजनको तुलनामा प्राकृतिक परिवार नियोजन कम भरपर्दाे हुन्छ । पात्रो विधि यस विधिमा महिलामा डिम्ब बन्ने समयको ज्ञानलाई प्रयोग गरिन्छ । यसले महिलालाई आफ्नो महिनावारीको समय तालिकालाई ध्यान दिएर, गर्भ रहन सक्ने समयबारे थाहा पाउन मद्दत गर्छ । पात्रो विधि प्रयोग गर्नुअघि महिलालाई आफ्नो पछिल्लो छ महिनाको महिनावारीको विस्तृत विवरण थाहा हुनुपर्छ । 

हरेक महिना महिनावारी सुरु भएको दिनको अन्तराललाई ध्यानमा राख्नुपर्छ ।  त्यसपछि सबैभन्दा लामो र सबैभन्दा छोटो महिनावारीको अन्तराल पत्ता लगाउनुपर्छ । र, सबैभन्दा छोटो अन्तरालबाट २१ दिन घटाउनुपर्छ । उदाहरणका लागि छ महिनामा सबैभन्दा छोटो अन्तराल २७ दिनको छ भने यसबाट २१ दिनबाट घटाउँदा ६ दिन आउँछ । यो भनेको महिनावारी सुरु भएपछिको छैटौँ दिन हो भनी बुझ्नुपर्छ । अब महिनावारीको सबैभन्दा लामो अन्तरालबाट ११ दिन घटाउनुस् । उदाहरणका लागि महिनावारीको  सबैभन्दा लामो अन्तराल ३१ दिन थियो भने यसबाट ११ दिन घटाउँदा २० दिन हुन आउँछ । यसरी निकालेको दिनलाई कागजमा टिप्नुस् । यसरी हिसाब निकालेर सम्भोगका लागि गर्भ नरहने दिनहरू पत्ता लगाउन सकिन्छ । जसलाई सुरक्षित समय भनिन्छ । 

माथिको उदाहरणमा महिनाको एक गतेदेखि छ गतेसम्म र २१ गतेदेखि अर्काे महिनावारीको पहिलो दिनसम्म सम्भोगका लागि सुरक्षित समय हो । महिनाको सातौँ दिनदेखि २० औँ दिनसम्म सम्भोगका लागि असुरक्षित समय हो अर्थात् यी दिन सम्भोग गरे गर्भ रहन सक्छ ।  पात्रो विधिलाई भरपर्दो रूपमा प्रयोग गर्न महिनावारीको अन्तरालको सही हिसाब गर्नुपर्छ । त्यस्तै, गर्भवती हुन नचाहने हो भने महिलामा असुरक्षित समयमा शारीरिक सम्पर्क नगरी बस्न सक्ने क्षमता हुनुपर्छ अथवा वैकल्पिक परिवार नियोजनका साधन प्रयोग गर्नुपर्छ । सही तरिकाले प्रयोग गरिएमा विधि ९१ प्रतिशत प्रभावशाली हुन्छ । प्राकृतिक  विधि भएकाले यसका नराम्रा असर छैनन् । न कुनै उपकरण या प्रक्रियाको आवश्यकता पर्छ । यो विधि अपनाउने महिलालाई महिनावारीबारे विस्तृत जानकारी हुन थाल्छ । तर, यो विधिमा महिनावारीको अन्तराललाई राम्रोसँग ध्यान दिनुपर्छ र असुरक्षित समयमा सम्भोग नगर्ने आत्मशक्ति हुनुपर्छ । 

योनि रस विधि यस विधिमा योनिबाट निस्कने सेतो पानीको महिनाको दिनअनुसार फरक हुने विशेषतालाई प्रयोग गरिन्छ । महिनाभरि महिलाको योनिबाट निस्कने सेतो पानीको विशेषता फरक हुन्छ । महिलामा हुने हार्मोनहरूको अस्थिरताले यस्तो हुन्छ । रसको प्रकारअनुसार महिलामा डिम्ब बन्ने समय पत्ता लगाउन सकिन्छ । डिम्ब बन्नुभन्दा अघि योनि रस पारदर्शी, पानीजस्तो, पहेँलो, धेरै मात्रामा हुन्छ । डिम्ब बनेको समयमा यो बाक्लो, गिलो र धागोजस्तो हुन्छ । डिम्ब बनेको समयपछि यसको मात्रा घट्छ, बाक्लो हुन्छ, चिपचिपे हुन्छ । डिम्ब बन्नुअघि रस पारदर्शी र पानीजस्तो हुने हुँदा पुरुषको वीर्यलाई पाठेघरमाथि आउन मद्दत गर्छ भने डिम्ब बनेको समयपछि रसको मात्रा घट्ने, बाक्लो र चिपचिपे हुने हुँदा यसले वीर्यलाई पाठेघरमाथि आउन रोक्छ । 

यो विधि कसरी प्रयोग गर्ने त ? हरेक बिहान अलिकति योनि रसलाई आफ्नो औँलाले निकाल्ने र यसलाई दुइटा औँलाको बीचमा दबाउने र त्यसपछि औँलालाई छुट्याउने । यसो गर्दा रस धागोजस्तो लामो भयो भने तपाईं सम्भवतः डिम्ब बनेको समयमा हुनुहुन्छ । तर, हालै सम्पर्क भएको हो भने रसको प्रकृति थाहा पाउन अलि गाह्रो हुन्छ । यो विधिमा पूर्णतः निर्भर हुन सकिन्न । शरीरको तापक्रम विधि महिलाको गर्भवती हुने सबैभन्दा धेरै सम्भावना डिम्ब बनेका समयमा हुन्छ । यो विधिले महिलालाई डिम्ब बन्ने समयको अनुमान गर्न मद्दत गर्छ । 

डिम्ब बनेको समयपछि महिलाको शरीरको तापक्रम आधा डिग्रीले बढ्छ । यस विधिलाई प्रयोग गर्न हरेक बिहान खाटबाट उठ्नुअघि महिलाले शरीरको तापक्रम नाप्नुपर्छ । तापक्रम नाप्दा हरेक दिन एउटै थर्माेमिटर प्रयोग गर्नुपर्छ र एकै समयमा तापक्रम नाप्नुपर्छ । हरेक दिनको तापक्रमलाई कागजमा टिप्नुपर्छ । जतिबेला तीन वटा क्रमिक तापक्रम सामान्यभन्दा बढी हुन्छ, त्यतिबेला डिम्ब बनेको समय अनुमान गर्न सकिन्छ । सुरक्षित दिन कति दिनसम्म हुन्छ त ? प्रायः डिम्ब बनेको तेस्रो दिन अथवा तापक्रम बढेको तेस्रो दिनपछि महिला सुरक्षित समयमा प्रवेश गर्छिन् र यस्तो बेलामा सम्पर्क भएमा गर्भ नरहने अवस्था हुन्छ । 

यस विधिको बेफाइदा भनेको डिम्ब बन्नुभन्दा अगाडिको असुरक्षित समयको अनुमान गर्न नसकिनु हो । महिलालाई कुनै कारणले ज्वरो आएको छ भने यो विधिमा अन्योल उत्पन्न हुन्छ ।   विदड्रल विधि यस विधिमा पुरुषले वीर्य स्खलन हुनुअघि नै महिलाको योनिबाट लिंग निकाल्नुपर्छ । तर, लिंग निकाल्नुअघि नै वीर्य स्रावमा छ भने गर्भ रहन सक्छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope