काठमाडौं । पछिल्लो २४ घण्टामा ६५९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पछिल्लो २४ घण्टामा ६५९ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको छ । पछिल्लो २४ घण्टामा ५५७८ जनाको पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८३२ पुगेको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ४४५ छ । पछिल्लो २४ घण्टामा ७१८ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ५० हजार ५८१ पुगेको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com