तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१३ पुष २०७७, सोमबार ०९:२४

काठमाडौं । तीन कम्पनीहरुको लाभांश सुरक्षित गर्ने सोमवार (आज) अन्तिम दिन रहेको छ । आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लुम्बिनी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक र एनएमबि लघुवित्तको लाभांश प्राप्त गर्न सक्नेछन्। यी कम्पनीले भोलि पुस १४ गते बुकक्लोज गर्दैछन्।

लुम्बिनी विकास बैंकले हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसहित पुस २६ गते साधारण सभा डाकेको छ । मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापूँजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २७ गते साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ ।

त्यस्तै, एनएमबि लघुवित्तले पनि पुस २७ गते नै साधारण सभा आयोजना गरेको छ । लघुवित्तले हाल कायम रहेको चुक्तापूँजीको १९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न सो सभा बोलाएको हो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.