इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल वेष्ट ब्रोमसँग बराबरीमा रोकियो


काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल वेष्ट ब्रोमसँग बराबरीमा रोकिएको छ ।

गएराति घरेलु मैदानमा भएको खेलमा शीर्ष स्थानको लिभरपुल रेलिगेसन क्षेत्रमा रहेको वेष्ट ब्रोमसँग एकरएक गोलको बराबरीमा रोकिएको हो । लिभरपुलका साडियो मानेले खेलको १२ औं मिनेटमा नै गोल गर्न सफल भए । खेलको सुरुवातमा नै अग्रता बनाएको लिभरपुलले त्यसपछि गोल थप्न सकेन ।

खेलको ८२ औं मिनेटमा वेष्ट ब्रोमका सेमी अजयीले गोल गरेपछि ब्रोमले खेल बराबरी गर्न सफल भयो । त्यसपछि दुवै टिमबाट थप गोल हुन सकेन । यो बराबरीपछि लिभरपुलले दोस्रो स्थानको एभर्टनसँगको दूरी पाँच अंकमा पुर्याउने मौका गुमायो । बराबरीपछि लिभरपुलको ३२ अंक भएको छ । वेष्ट ब्रोमको आठ अंक छ । यस्तै गएराति नै भएको अर्को खेलमा बर्नलीलाई लिड्स युनाइटेड हराएको छ । घरेलु मैदानमा लिड्सले बर्नलीलाई १/० ले हराएको हो । खेलको सुरुवातमै प्राप्त पेनाल्टीमा गोल गर्दै लिड्सले तीन अंक बटुल्यो । यस सिजन लिड्सले घरेलु मैदानमा तीन खेलमा जित निकालेको छ ।

जितसहित लिड्स २० अंकसहित तालिकाको ११ औं स्थानमा उक्लिएको छ । बर्नली १३ अंकसहित रेलिगेशन जोनभन्दा मात्र दुई स्थानमाथि छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope