काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले संसद विघटन गरेर प्रधानमन्त्री केपी ओलीले नेपाली राजनीतिमा कलंकको टीका लगाएको टिप्पणी गर्नुभएको छ ।
काठमाडौंमा जनसांस्कृतिक महासंघको कार्यक्रममा दाहालले ओली कलंकको टीका लगाएकैले आफूहरुलाई जनताका बीचमा जाने अवस्था बनाएको बताउनुभयो ।
सनकका भरमा प्रधानमन्त्रीले संसद विघटन गर्न नसकोस् भनेरै संविधान बनाउँदा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको जिकीर उहाँले गर्नुभयो ।
संविधान बनाउँदा नै नराखिएको व्यवस्थाप्रति प्रधानमन्त्री ओलीले निर्मम ढंगले संविधानको कू गरेको आरोप उहाँले लगाउनुभयो ।
हुँदै नभएको अधिकार प्रयोग गरेँ भन्दैमा संसद विघटित नहुने भन्दै दाहालले प्रतिनिधि सभा जिवित नै रहेको जिकीर गर्नुभयो । अदालतले सदन सुचालु गर्न आदेश दिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
ओली श्री ३ जंगबहादुर राणाको बाटोमा गएको भन्दै दाहालले ओलीलाई पराजित र आफ्नो पक्षलाई विजयीको संज्ञा पनि दिनुभयो ।
अर्को चुनाव आफूहरुले जित्ने दावी गर्दै अध्यक्ष दाहालले भन्नुभयो, ‘बाजी हामीले जितेका छौ ।’
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com