काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेको छ ।
हाल बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ ।
त्यस्तै देशका बाँकी भु–भागको मौसम सामान्यतया सफा रहेको छ । आज विहान ६ बजेको बायुको तापक्रम ३ डिग्री सेल्सियस रहेका छ ।
आजको न्युनतम तापक्रम २ डिग्री सेल्सियस रहने छ भने अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो प्रदेश नं १, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको मौसममा आंशिक बदली रहने छ । त्यस्तै देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ।
सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भू–भागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
त्यसैगरी आज राती प्रदेश नं १ को पहाडी भु–भागको मौसममा आंशिक बदली रहने छ । देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com