प्रचण्ड–माधव नेपाल पक्षद्वारा काठमाडाैंकाे भृकुटी मण्डपमा प्रदर्शन (तस्बीरहरू)

१४ पुष २०७७, मंगलवार १३:४०

काठमाडौं । नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले संसद विघटनविरुद्ध देशभर विरोध प्रदर्शन शुरु भएको छ । दाहाल-नेपाल समूहले प्रतिनिधिसभा विघटनविरूद्ध काठमाडौँका अन्य १३ ठाउँबाट जुलुस निकालेको छ ।

प्रतिनिधिसभालाई प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा असंवैधानिक तवरले भंग गरिएको भन्दै दाहाल-नेपाल समूहले आज देशव्यापी प्रदर्शन गरेकाे हाे ।

राजधानीका विभिन्न स्थानबाट भृकुटीमण्डपमा जम्मा भएको जुलुस प्रचण्ड- माधव नेपालको नेतृत्वमा सहिद गेट, पुतलीसडक, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा आएर विरोध सभामा परिणत हुनेछ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.