काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नै बनाएको प्रधानमन्त्री केपी ओलीका कारण संविधान र गणतन्त्रमाथि प्रहार भएको भन्दै जनतासँग क्षमा मागेका छन् ।
मंगलबार काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले क्षमा मागेका हुन् ।
प्रचण्डले ओलीले संसद विघटन गरेर कलंकको टिका लगाएको भन्दै अब जनतामाझ गल्तीको माफ नमागेसम्म उनी कलंकित भइरहने पनि ठोकुवा गरे ।
प्रचण्डले ओली संविधान विरोधी र संघीयता, लोकतन्त्र र जनभावनाको कदर नगर्ने व्यक्ति भएको भन्दै संविधानमा हुँदै नभएको प्रावधानअनुसार सदन भंगको घोषणा गरेपनि आफूहरु जिउँदै भएकाले सदन जिउँदो भएको बताए ।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले बयलगाढाको सिद्धान्त बोकेका प्रधानमन्त्री केपी शर्मा ओली अझै बयलगाढामै रहेको बताए ।
उनले संघीयता र गणतन्त्रका विरोधी रहेका ओलीलाई आफूले सुधारेको सम्झिएपनि उनी अफै यी सबै व्यवस्थाको विरोधी रहेको संसद विघटनको कदमले पुष्टि गरेको बताए ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com