दाहाल-नेपाल समूहको बागमती संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन

१५ पुष २०७७, बुधबार १५:१४

काठमाडौं । नेकपाको दाहाल-नेपाल समूहले बागमती प्रदेशसभा संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ ।

पेरिसडाँडामा बसेको दाहाल-नेपाल समूहको प्रदेश सांसदको बैठकले मुख्यमन्त्री डोरमणि पौडेललाई हटाउँदै शाक्यलाई दलको नेता चयन गरेको हो ।

यसअघि, दाहाल-नेपाल समुहले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको थियो ।

बागमती प्रदेशमा १ सय १० जना सांसद छन् । नेकपाबाट ८१ सांसद मध्ये ४५ जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.