नेकपा परामर्श सकेर चिनियाँ कम्युनिष्ट पार्टीको टोली स्वदेश फर्किए

१५ पुष २०७७, बुधबार १६:२५

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको टोली आज स्वदेश फर्किएको छ। नेकपा विभाजन भएपछि चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वको चार सदस्यीय टोली आइतबार दिउँसो काठमाडौं आएका थिए ।

स्रोतका अनुसार बुधबार बिहान पौने नौ बजे हिमालय एयरलाइन्सको नियमित उडानमा टोली फर्किएको हो । काठमाडौं आउँदा टोली एयर चाइनाको चार्टर्ड विमानमा आएको थियो। उनीहरूले विमानस्थलबाट बाहिर निस्कँदा पनि पिपिई सेट लगाएका थिए।

काठमाडौं आएपछि नै चिनियाँ टोलीले राजनीतिक भेटघाट गरेका छन् । सुरूमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेको टोलीले सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका हुन् ।

काठमाडौंमा रहँदा चिनियाँ टोलीले नेकपा (प्रचण्ड-नेपाल)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग भेटघाट गरेका थिए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.