काठमाडौं। कोरोना भाईरस (कोभिड-१९) विरुद्धको खोप नेपालमा ल्याउनको लागि प्रक्रिया शुरु भएको छ ।
नेपालको २० प्रतिशत जनसंख्यालाई पुग्ने (कोभिड-१९) विरुद्धको खोप भारतबाट खरिद गर्नका लागि सरकारले औपचारिक प्रक्रिया थालेको हो ।
सरकारले भारत लगायत अन्य मुलुकबाट पनि खोप खरिदको तयारीमा सरकार लागेको जनाएको छ । कोरोनाको खोप खरिदका लागि आवश्यक पर्ने खर्चसमेत सरकारले जुटाइसकेको छ । परराष्ट्र मन्त्रालयले भारतलाई हालै औपचारिक पत्रसमेत पठाएको छ ।
खोप खरिदका लागि पत्र मार्फत भारतलाई औपचारिक रुपमा आग्रह गरिएको भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले बताए । पहिलो चरणमा २० प्रतिशत खोप खरिद गरेर फ्रन्टलाइनका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र वृद्धवृद्धालाई लगाउने सरकारको तयारी रहेको जनाईएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com