क्रोएशिया भूकम्प: ७ जनाको मृत्यु, उद्धार कार्य जारी

१५ पुष २०७७, बुधबार ०७:४८

एजेन्सी । मध्य क्रोएशियामा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण सात जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका छन्।

पेट्रेनियामा १२ वर्षकी एक बालिकाको मृत्यु भएको उक्त क्षेत्रको भ्रमण पछि प्रधानमन्त्रीले जनाएका छन्।

पाँच जनाको नजिकैको सहर ग्लीनामा मृत्यु भएको उप प्रधानमन्त्रीले बताए। मृत्यु भएका सातौँ व्यक्ति जाजीनास्थित एउटा गिर्जाघरको भग्नावशेषमा फेला परेको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

पेट्रेनियाका मेयरका अनुसार सहरको करिब आधा भाग ध्वस्त भएको छ र मानिसहरूलाई भग्नावशेषबाट निकालिँदै छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.