नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै


काठमाडौं, पुस १५ । मंगलबार राजधानीको भृकुटी मन्डपमा प्रदर्शन गरेको नेकपाको दाहाल–नेपाल खेमाको बुधबार (आज) स्थायी किमिटी बस्दै छ ।

मंगलबार जनप्रदर्शन गरेको समूहले बुधबार (आज) पनि संघर्षका कार्यक्रममालाई निरन्तरता दिने जनाएको छ । समूहले बिहान ११ बजे अखिल नेपाल महिला संघको वृहत भेला गर्दैछ । केन्द्रीय कार्यालय पेरिसडाँडामा हुने भेलालाई पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने तालिका रहेको उच्च स्रोतले जनाएको छ ।

त्यसैगरी १२ बजे उपत्यकतामा उपलब्ध स्थायी कमिटीका सदस्यहरूको छलफल हुँदैछ । पेरिसडाँडामा चल्ने छलफलले भावी आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने नेता योगेश भट्टराईले जानकारी दिए ।

मंगलबार दाहाल–नेपाल समूहको नेकपाले देशभर प्रदर्शन गरेको थियो । राजधानीमा भएको प्रदर्शनलाई पार्टीका शिर्ष नेताहरूले सम्बोधन गरेका थिए । नेताहरूले प्रधानमन्त्री केपी ओलीको खुलेर आलोचना गर्दै प्रतिनिधि सभा विघटनलाई उल्ट्याउने बताएका थिए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope