काठमाडौं । विश्वभरमा पाँच करोड ८२ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । बुधबार बिहानसम्ममा पाँच करोड ८२ लाख ८८ हजार दुई सय ४९ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।
हालसम्म विश्वमा आठ करोड २२ लाख ७५ हजार नौं सय ६४ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १७ लाख ९४ हजार आठ सय ८९ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड २१ लाख ९२ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म एक करोड ९९ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये एक करोड १८ लाख १४ हजारभन्दा बढी निको भएका छन् भने तीन लाख ४६ हजार दुई सय ६९ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
भारतमा हालसम्म एक करोड दुई लाख ४५ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ९८ लाख ३३ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ४८ हजार चार सय ७५ जना पुगेको छ ।
नेपालमा हालसम्म दुई लाख ५९ हजार पाँच सय ४८ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ५१ हजार तीन सय १२ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार आठ सय ४० जनाले ज्यान गुमाइसकेका छन्
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com