काठमाडाैं । कोरोनाका कारण थलिएको पर्यटन क्षेत्रमा अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा भने केही चहल पहल शुरु भएको छ । सन २०२१ को पूर्वसन्ध्यामा मुख्य पर्यटकीय स्थलहरुमा आन्तरिक पर्यटकको चहलपहल शुरु भएको हो ।
काठमाडौंको नगरकोट, काभ्रेको धुलिखेल, पोखरा, चितवनको सौरहा, मुगुको रारा लगायतका स्थानमा केही दिनदेखि आन्तरिक पर्यटक आउन थालेको होटल व्यवसायीले बताएका छन् ।
झण्डै १० महिनादेखि थलिएको पर्यटन क्षेत्रलाई उकास्न होटल तथा पर्यटन व्यवसायीले विभिन्न आर्कषक प्याकेज सार्वजनिक गरिसकेका छन् । पोखरा, चितवन, धुलिखेल लगायतका स्थानमा होटलहरु भरिन थालेको छन ।
नयाँ वर्षलाई लक्षित गरि व्यवसायीहरुले विभिन्न पर्यटकीय प्याकेजहरु ल्याएका छन् । प्रत्येक वर्षको अँग्रेजी नयाँ बर्षमा हुँदै आएको सडक महोत्सव पोखरामा यो बर्ष पनि आयोजना गरिएको छ । लकडाउनका कारण थला परेको पर्यटन क्षेत्रलाई उकास्न चितवनको सैराहमा होटल तथा अन्य गतिविधीमा छुटका विभिन्न कार्यक्रमहरु ल्याईएको छ । घुमौ सौराह अभियान समेत शुरु भएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com