राष्ट्रियसभा सदस्यहरुको स्वाब संकलन, भोलिसम्म रिपोर्ट आउने

१६ पुष २०७७, बिहीबार १३:३२

काठमाडौं । राष्ट्रियसभा सदस्यहरुहरुले कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि स्वाब संकलन गरेका छन् ।

भोलिसम्म रिपोर्ट आउने बताइएको छ । नेगेटिभ रिपोर्ट भएका सांसदहरुलाई मात्र प्रदेश दिइनेछ ।

राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते अपरान्ह ४ बजेको निम्ति आह्वान भएको हो ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार पहिलो बैठकको अघिल्लो दिन बिहीबार सबै सदस्यको निःशुल्क कोभिड–१९ परीक्षणको व्यवस्था मिलाइएको हो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.