एजेन्सी। हार्वे बार्न्सले अन्तिम समयको बराबरी गोलसंगै लेस्टर प्रिमियर लिग फुटबलमा हारबाट जोगिएको छ ।
सोमबार क्रिस्टल प्यालेसको घरेलु मैदानमा भएको खेलमा लेस्टरले उसलाई अंक बाढ्न बाध्य पार्यो ।
खेल सकिन ७ मिनेटअघि जोनी इभान्सको पासलाई सदुपयोग गर्दै बार्न्सले बराबरी गोल फर्काएका थिए ।
खेलमा अग्रता घरेलु टोलीले विल्फर्ड जाहाको गोलमा ५८औँ मिनेटमा लिएको थियो । एन्ड्रोस टाउनसेन्डको पासमा जाहाले क्रिस्टललाई अघि बढाएका थिए ।
बराबरीसँगै एक अंक जोडेको लेस्टर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
समान २९ अंक भए पनि एभर्टनलाई गोल अन्तरका आधारमा पछि पार्दै लेस्टर दोस्रो स्थानमा छ । क्रिस्टल १९ अंकसहित १३औँ स्थानमा छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com