काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले १४ खेलाडी राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट बाहिरिएको जानकारी दिएको छ । बन्द परीक्षणको प्रारम्भिक चरणमा रहेका ५८ खेलाडीबाट शुक्रबार १४ खेलाडी बाहिरिएका हुन् ।
नेपालका कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले ५८ खेलाडीबाट ४४ खेलाडी छनोट गरेका छन् । बन्द प्रशिक्षणबाट बाहिरिने खेलाडीमा विमल घर्तीमगर, देव लिम्बू, सुमन अर्याल, रन्दीप पौडेल, अमित तामाङ, नितिन थापा, रजत तिवारी, जय गुरुङ, दिपेश आले मगर, राजिव लोप्चन, विमल राना, राजेस परियार, प्रिजन तामाङ र रिजेन सुब्बा छन् ।
लामो समयपछि बन्द प्रशिक्षणमा फर्किएका विमल घाइते भएका कारण प्रशिक्षणबाट बाहिरिएका हुन् । उनी अभ्यासका क्रममा घाइते भएका थिए । उनको उपचार कतारमा हुने एन्फाले बताएको छ ।
डिफेन्डर सुमन अर्याल भने चोट मुक्त भएपछि प्रशिक्षणमा फर्किने छन् । फिफा विश्वकप तथा एसियाकपको दोस्रो चरणको छनोट प्रतियोगिताका लागि एन्फाले ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो ।
सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसियाकपको संयुक्त छनोट अन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले घरेलु मैदानमा ३ खेल खेल्नेछ । नेपालले अस्ट्रेलिया, चाइनिज ताइपेइ र जोर्डनसँग खेल्न बाँकी छ ।
नेपालले आगामी मार्च २५ मा चाइनिज ताइपेइ, मार्च ३० मा अस्ट्रेलिया र जुन ७ मा जोर्डनसँग खेल्नेछ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com