काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टाको अवधीमा ४१९ कोरोना संक्रमित थपिएका छन् ।
कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा ६ कोरोना संक्रमितको मृत्यु भएको हो ।
हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८७० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७५० कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख ५३ हजार ८५७ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ । हाल कुल सक्रिय संक्रमितको संख्या ५ हजार ७११ पुगेको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com