काठमाडौं । सरकारले आम जनतामा सहज पहुँचको लागि कोरोना विरुद्धको खोप निजी क्षेत्रलाई पनि ल्याउन दिने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यस विषयमा सरकारले छलफल गरेको बताएका छन् ।
ग्रेगोरियन नयाँ वर्षको अवसरमा बालबालिकासँग प्रधानमन्त्री कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले निजी क्षेत्रलाई समेत कोरोनाविरुद्धको खोप ल्याउनका लागि अनुमति दिने विषयमा छलफल भएको बताए ।
प्रधानमन्त्री ओलीले नेपालमा सबैभन्दा पहिले फ्रन्टलाइनमा खटिएका स्वास्थ्य क्षेत्रका व्यक्ति, सुरक्षाकर्मीहरु र वृद्धवृद्धालाई कोरोनाविरुद्धको खोप दिइने बताए । छिटो खोप ल्याउनका लागि निजी क्षेत्रलाई पनि अनुमति दिने सरकारको तयारी छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com