दाङ । दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश १ फाइनल प्रवेश गरेको छ ।
शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गर्दै प्रदेश १ प्रतियोगिताको फाइनल पुगेको हो ।
खेलमा लुम्बिनीले प्रस्तुत गरेको ५३ रनको विजयी लक्ष्यलाई प्रदेश १ ले ८.५ ओभरमा विना विकेट गुमाएर पूरा गर्यो ।
जस अन्तर्गत टिमका लागि काजल श्रेष्ठले २२ तथा कप्तान रुविना क्षेत्रीले २६ रनको योगदान गरिन् ।
त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी १४.१ ओभरमा अलआउट हुँदै ५२ रनमा सिमित हुन् पुगेको थियो ।
लुम्बिनीका लागि नितु भण्डारीले सर्वाधिक २१ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहोरो अंक समेत जोड्न सकेनन् । ३० बलको सामना गरेकी नितुले उक्त रन बनाउने क्रममा १ चौका समेत प्रहार गरेकी थिइन् ।
बलिङतर्फ प्रदेश १ की संगिता राई र निग्मा तामाङले २-२ विकेट हात पार्दा कप्तान रुविना क्षेत्रीले पनि १ विकेट लिन सफल भएकी थिइन् ।
अब उपाधिका लागि आईतबार प्रदेश १ ले विभागीय टोली एपीएफको सामना गर्नेछ ।
प्रतियोगिताको विजेताले नगद ५ लाख प्राप्त गर्नेछ । भने उप -विजेता टोलीले ३ लाख त्यसैगरी सेमिफाइनलबाट बाहिरिएका दुई टोली सुदूरपश्चिम र लुम्बिनीले समान २५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागततर्फ सर्वोउत्कृष्ट खेलाडीले २१ हजार , उत्कृष्ट ब्याटरले १० हजार , उत्कृष्ट बलरले ५ हजार प्राप्त गर्नेछन् ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com