भीड थेग्न नसकेपछि हटाइयो अम्रेला स्ट्रिटको छाता

१८ पुष २०७७, शनिबार १९:२५

काठमाडौ । ‘अम्रेला स्ट्रिट’ नामले पछिल्लो समय नाम कमाएको न्यूरोड गेटदेखि संकटादेवी जाने बाटोको छाता हटाउन थालिएको छ। उक्त बाटोमा भीड धेरै भएपछि छाता हटाउन लागिएको संकटा क्लबले जनाएकाे छ ।

अलि व्यवस्थित रुपमा नयाँ वर्षको लागि छाता हाल्ने योजना क्लबले बताएकाे छ । निकालिएको छातालाई प्याकिङ गरेर भण्डारमा राख्ने योजना क्लबले बनाएको छ।

सुन्धारा पछाडिको बाटो बन्दै गरेकोले पनि यो बाटोमा गाडि गुडाउन अनिवार्य छ। क्लबले पछिको लागि नयाँ अनुभव भएको र नयाँ वर्षको लागि नयाँ तरिकाले काम गर्ने जानकारी दियाे ।

कोरोना महामारीपछि बजार खुल्दा मानिसको चहलपहल कम भयो, केही आकर्षणको काम गर्ने भन्दै क्लबले व्यापारीसँग सल्लाह गरेर झण्डै ४ लाखको लगानीमा बाटो माथि छाता राखेको थियो।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.