काठमाडौं, पुस १९ । प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज केन्द्रीयक कार्यालयमा बस्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछिको परिस्थितीबारे छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो ।
आजको बैठक यसअघिकै केन्द्रीय समिति बैठकको निरन्तरता हुने कांग्रेस नेताहरुले बताएका छन् । कांग्रेसले प्रतिनिधिसभा विघटनबिरुद्ध देशव्यापी प्रदर्शन र एकता दिवस मनाउन केही दिन बैठक स्थगित गरेको थियो ।
कांग्रेसमा सभापति शेरबहादुर देउवा पक्ष बिघटनपछि सर्वोच्च अदालतको आदेश कुर्ने र आन्दोलन नगर्ने पक्षमा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने संबिधान मिचिएकाले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै आक्रामक रुपमा सडक आन्दोलनमा जानुपर्ने माग गर्दै आएको छ । कांग्रेसले विघटन असंवैधानिक भनेपनि कडा आन्दोलन थालेको छैन ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com