काठमाडाैं । पछिल्लाे २४ घण्टामा देशभर चार सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै काठमाण्डौमा एक सय ६०, ललितपुरमा २६ र भक्तपुरमा ११ गरी काठमाण्डौ उपत्यकामा एक सय ९७ जनामा सङ्क्रमण देखिएको छ ।पाँच हजार आठ सय जनाको पीसीआर परीक्षण भएकोमा देशैभर चार सय २१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आइतबारसम्म पाँच हजार चार सय ८७ जना सक्रिय सङ्क्रमित छन् । यस्तै तीन सय ६७ जना क्वरेण्टीनमा छन् ।यस्तै गएको २४ घण्टामा ६ सय ३७ जनाले कोरोनालाई जितेका छन् । योसँगै सङ्क्रमणपछि निको हुनेको सङ्ख्या दुई लाख ५४ हजार चार सय ९४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट आठ जनाको ज्यान गएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १८ सय ७८ पुगेको छ ।नेपालमा अहिलेसम्म दुई लाख ६१ हजार आठ सय ५९ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com