काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको प्रभाव कायमै रहेको छ । हाल देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बाग्मती प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली भएको छ ।
त्यस्तै प्रदेश नं १ र प्रदेश नं २ को मौसममा आंशिक बदली भएको छ। आज विहान ६ बजे काठमाडौंको तापक्रम २ डिग्री सेल्सियस रहेको छ ।
आजको अधिकतम तापक्रम २० डिग्री सेल्सियससम्म पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना देखिएको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
त्यसैगरी आज राती देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी र गण्डकी प्रदेशका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com