काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटनको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
पार्टी केन्द्रिय कार्यालय सानेपा ललितपुरमा आईतबार बसेको केन्द्रिय समितिको बैठकले सडक आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । बिघटनका विषयमा अदालतको फैसला कुर्ने बताएको कांग्रेसले पार्टीभित्रैवाट दवाव बढेपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
कांग्रेसले पुस २५ गते तीन सय ३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ ।
त्यस्तै माघ तीन गते नगर र गाउँपालिका र माघ आठ गते वडास्तरमा विरोध प्रदर्शनका कार्यक्रम घोषणा गरिएको छ । बैठकले कांग्रेसले भातृ तथा शुभेच्छुक संस्था र जिल्ला कार्यसमितिहरुलाई पनि केन्द्रको कार्यक्रमसँग नजुध्ने गरी सडक संघर्षका कार्यक्रम गर्न निर्देशन दिएको छ ।
आइतबारको बैठकमा अधिकांश केन्द्रिय सदस्यले संसद् पुनस्थापना र निर्वाचन पनि नहुने अवस्थामा मुलुक पुग्न लागेको भन्दै आन्दोलनमा जानुपर्ने दवाव दिएका थिए ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com