काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको सुधार आँउदा शेयर बजार परिसुचकले ऐतिहासिक रेकर्ड कायम गरेको छ ।
उतारचढावकाबीच नेप्से ८८ अंकले उकालो लाग्दा २१ सय ७५ बिन्दुमा पुगेको छ । कारोबार भएका सबैजसो समूह उकालो लागेसँगै नेप्से पनि सुधारिएको हो । १ सय ५२ कम्पनीको शेयरको मूल्य बढ्दा १४ कम्पनीको मात्रै शेयर मूल्य घट्यो ।
जीवन बिमा समूह सबैभन्दा उच्च ५ सय ५० अंकले उकालो लाग्दा निर्जिवन बिमा समूह २ सय ६८ अंकले उक्लियो । उत्पादनमुलक व्यापार, होटल, विकास बैंक, वाणिज्य बैंक, लघुवित्त, अन्य र जलविद्युत समुह दोहोरो अंकले सुधारिए ।
हिमालयन डिष्टिलरी लिमिटेडले सबैभन्दा बढि कमाउँदा राधी विद्युत कम्पनी लिमिटेडले सबैभन्दा बढी गुमाउन पुग्यो । २ सय १२ कम्पनीको १ करोड ४० लाख कित्ता शेयर ६ अर्ब ३४ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com