प्रधानमन्त्री कप महिला क्रिकेटको फाइनल आज, उपाधिका लागि एपिएफ र प्रदेश एक भिडने

१९ पुष २०७७, आईतवार ०९:३४

काठमाडौं । दाङमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता फाइनल खेल आज हुँदैछ ।

दाङको लमहीमा हुने फाइनल खेलमा उपाधिका लागि विभागीय टोली एपिएफ र प्रदेश एक भिड्दैछन् ।

एपिएफ र प्रदेश एक अपराजित रहँदै फाइनलमा पुगेका हुन् । समूह चरण र सेमिफाइनलमा सहज जित निकालेका यी दुई टोलीबीच फाइनलमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

दुबै टोलीमा राष्ट्रिय क्रिकेट टिमका खेलाडीको बर्चस्व छ । सेमिफाइनलमा एपिएफले सुदूरपश्चिमलाई नौ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

प्रदेश एकले सेमिफाइनलमा लुम्बिनीलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । प्रतियोगिताको विजेताले पाँच लाख र उप–विजेताले तीन लाख पुरस्कार जित्नेछन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.