बुटवल । रुपन्देही जिल्लाका अगुवा कार्यकर्तालाई बुटवलमा सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले पार्टी निर्माण गर्ने कार्यकर्ता आफुहरु तीर रहेको दाबी गर्दै नेताहरुको झुण्डमात्र बोकेर पार्टी नबन्ने बताएका छन् ।
पोखरेलले प्रचण्ड नेपाल पक्ष निर्वाचनसँग डराएर हामी यहाँ छौ भनेर सडकमा बसेको टिप्पणी गरे । अध्यक्ष ओलीकै कारण पार्टी झण्डै २ तिहाईमा आएको पोखरेको दाबी छ । प्रचण्डलाई जिताउन पनि ओली नै जानु पर्ने, माधव नेपाललाई जिताउन पनि ओली नै जानु पर्ने, अनि चुनाव सकिए लगत्तै प्रधानमन्त्री उनीहरुलाई चाहिने ? पोखरेलले प्रश्न गरे ।
पोखरेलले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा २ तिहाई भएकै बेला विघटनको सिफारिस गरेकाले सिफारिस वैधानिक रहेको दाबी गरे । संसदमा संसदीयदल विघटन नभएको र कानुनीरुपमा संसदीयदलमा २ तिहाई कायम रहेका अवस्थामा प्रधानमन्त्रीको अन्य बिकल्प नरहेकाले सिफारिस अवैधानिक हुनै नसक्ने उनको दाबी छ ।
स्थायी कमिटी सदस्य समेत रहेको पोखरेलले प्रथम अध्यक्ष र महासचिव नभएको पाटी पनि आधिकारीक हुन नसक्ने बताए । उनले बिधान अनुसार हस्ताक्षर चल्ने प्रथम अध्यक्ष र प्रमाणिकरण गर्ने महासचिव जता आधिकारीक पार्टी पनि त्यतै रहने व्यवस्था रहेको स्पष्ट पारे ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com