एजेन्सी, पुस २० । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएकाे खेलमा एट्लेटिको मड्रिडले डिपोर्टिभो अल्भेसलाई २-१ गोल अन्तरले पराजित गर्दै एट्लेटिको शीर्ष स्थानमा उक्लिएको हो ।
१० खेलाडीमा सिमित अल्भेसविरुद्ध एट्लेटिकोका मार्कोस लोरेन्ट र लुइस सुआरेजले एक एक गोल गरे । अल्भेसको मैदानमा ४१ औं मिनेटमा लोरेन्टले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । खेलको ६३ औं मिनेटमा भिक्टरले रातो कार्ड पाउँदा अल्भेस १० खेलाडीमा समेटियो । ८४ औं मिनेटमा एट्लेटिकोका फिलिपले आत्मघाती गोल गरेपछि खेल १-१ गोलको बराबरीमा पुग्यो ।
तर, खेलको ९० औं मिनेटमा सुआरेजले गोल गर्दै एट्लेटिकोलाई २-१ को जित दिलाए । जितसँगै शीर्ष स्थानमा उक्लिएको एट्लेटिकोले १५ खेलमा ३८ अंक जोडेको छ । अल्भेस १८ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
ला लिगा कै अर्को खेलमा इबरले ग्रानडालाई २-० ले हराएको छ । रियल सोसिडाडले ओसासुनासँग १-१ गोलको बराबरी खेलेको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com