काठमाडौं, पुस २१ । नेपालमा पछिल्लो २४ घण्टामा ५२२ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३२ जना कोरोना संक्रमित थपिएका छन् ।
जसमध्ये काठमाडौंमा १७१, ललितपुरमा ५३ र भक्तपुरमा ८ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ५७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५५ हजार ६६६ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ५ हजार २२५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ५५१ पीसीआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ९३ पुगेको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com