काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको प्रभाव कायमै रहेको छ ।
जसअनुसार हाल देशभरको मौसममा सामान्य बदली रहेको छ । आज विहान ६ बजे काठमाडौंको न्युनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको छ ।
त्यस्तै आजको अधिकतम तापक्रम २१ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभरको मौसममा सामान्य बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा र बागमती तथा प्रदेश नं १ को भू–भागका एक, दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावाना रहेको विभागले जनाएको छ । त्यसैगरी आज राति देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागहरुका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावाना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com