एजेन्सी, पुस २१ । साविक विजेता लिभरपुर साेमबार राति साउथह्याम्पटनकाे मैदानमा स्तब्ध भएकाे छ ।
तालिकाकाे शीर्ष स्थानमा रहेकाे लिभरपुल साउथह्याम्पटनसँग १-० गोल अन्तरले पराजित भएको हो । ड्यानी इङ्सले निर्णायक गोल गरेपछि घरेलु मैदानमा साउथह्याम्पटनले लिभरपुलविरुद्ध जित हात पारेको हो । ड्यानीले खेलको दोस्रो मिनेटमै गोल गरेका थिए । जेम्स वार्डको फ्रिकिक पासमा ड्यानीले गरेको गोल खेलमा निर्णायक बन्यो ।
बल पोजिसनमा एकतर्फी पकड जमाएपनि लिभरपुलले गोल गर्न सकेन । र, लिभरपुलले सिजनको दोस्रो हार व्यहोर्न पुग्यो । यस हारसँगै लिभरपुल शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउन असफल भएको छ ।
लिभरपुलले १७ खेलमा ३३ अंक जोडेको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडसँग अंक बराबर भएपनि लिभरपुल शीर्ष स्थानमा रहेको छ ।साउथह्याम्पटन भने छैटौं स्थानमा उक्लिएको छ ।साउथह्याम्पटनले १७ खेलमा २९ अंक जोडेको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com