२४ घण्टामा ४०९ जना संक्रमित, ६ जनाको मृत्यु

२२ पुष २०७७, बुधबार १७:११

काठमाडौं, पुस २२ । पछिल्लो २४ घण्टामा ४०९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४०९ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६३ हजार १९३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४९५ जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ ।

२४ घण्टामा ६ हजार ७०६ जनाको पीसीआर परीक्षण भएको छ ।सक्रिय संक्रमितको संख्या ५ हजार १३३ छ पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८९९ रहेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.