निर्यातजन्य वस्तु प्रवद्र्धनका कार्यक्रमहरु ल्याउनुपर्यो : उद्योगी व्यवसायी

२२ पुष २०७७, बुधबार १७:४१

काठमाडौ । उद्योगी व्यवसायीहरुले नेपाली वस्तुको निर्यात प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिएका छन् । पाँचौं निर्यात दिवसको अवसरमा नेपाल निर्यात पारिषद्ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा व्यवसायीहरुले निर्यातजन्य वस्तुहरुको आन्तरिक बजारलाई सुनिश्चित गर्दै अन्तर्राष्ट्रिय बजारको खोजी बढाउनुपर्ने बताएका हुन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालीले नेपाली वस्तुको प्रयोग गर्ने बानि बसाल्न विभिन्न एक्स पो लगायतका प्रवद्र्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात प्रवद्र्धनमा आफूले सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाए । निर्यात परिषद्का अध्यक्ष हरिबहादुर कार्कीले निर्यात व्यापार राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड समेत रहेकाले यसको विस्तार र प्रवद्र्धनका लागि पहल गरिरहेको बताए ।
नेपालबाट आर्थिक वर्ष २०७६÷०७७ मा कुल निकासी ७७ अर्ब ७० करोड ९१ लख ५ हजार रुपैयाँ बराबरको भएको थियो । यस्तै आर्थिक वर्ष २०७७÷०७८ को पाँच महिनासम्ममा नेपालको कुल निकासी ५० अर्ब ५५ करोड ६ लाख ८ हजार मूल्य बराबरको भएको छ । नेपालबाट निर्यात हुने मूख्य वस्तुहरुमा उनी, गलैचा, पस्मिना, चिया, जुटका उत्पादन, अदुवा, नेपाली कागज लगायत रहेका छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.