काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथिको सुनुवाइ जारी छ ।
प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको नेतृत्वमा रहेको पाँच सदस्यीय संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो। इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा र तेजबहादुर केसी छन्।
अहिले प्रतिनिधिसभा विघटनको विरूद्धमा परेका रिटमाथि पक्ष र विपक्षमा बहस सुरू भएको छ ।
सरकारको तर्फबाट महान्यायाधीवक्ता अग्नि खरेल र वरिष्ठ अधिवक्ता सुशील पन्तसहितका वकिलहरूले बहसमा भाग लिएका छन् ।
विपक्षीहरूको तर्फबाट भने अधिकांश वरिष्ठ अधिवक्ताहरू समेत सहभागि हुँदैछन् ।
सर्वोच्च अदालतले बहसको प्रत्यक्ष प्रसारण गरेको छ ।अदालत परिसरको प्रतीक्षालयमा माइक जोडेर बहस सुन्ने व्यवस्था मिलाइएको छ । यस्तै, नेपाल बार एसोसिएसन भित्रको हलमा पनि इजलासको भिडिओ लाइभ गरिएको छ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com