काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा न्यायाधीस हरिकृष्ण कार्कीले नहेर्ने भएका छन् ।
प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुरु भएको इजलासमा नबस्ने घोषणा गर्दै कार्की बाहिरिएका हुन् । बहस गरिरहेका अधिवक्ताले आज पनि संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीमाथि प्रश्न उठाएका थिए ।
प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले आफ्नो नेतृत्वमा कार्कीसहित पाँच जना न्यायाधीसको इजलास गठन गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली, महान्यायाधिवक्ता अग्नि खरेल र सुवासचन्द्र नेम्वाङको निकट रहेका कार्की इजलासमा रहँदा स्वार्थ बाझिने भन्दै विपक्षी रिट निवेदकहरुले असन्तुष्टि जनाउँदै आएका थिए ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com