ब्रेन्टफोर्डलाई हराउँदै टोटेनह्याम लिग कपको फाईनलमा

२२ पुष २०७७, बुधबार ०८:३४

एजेन्सी, पुस २२ । टोटनह्याम लिग कप अर्थात काराबाओ कप फुटबलको फाइनलमा पुगेको छ ।

गएराति भएको खेलमा ब्रेन्टफोर्डलाई दुई शुन्यले पराजित गरेर टोटनह्याम उपाधि नजिक पुगेको हो ।

टोटेनहमको जितमा मोउसा सिस्सोको सन हेङ्ग–मिनले गोल गरे । सन् २००८ मा चेल्सीलाई पराजित गरेर टोटनह्यामले लिग कपको उपाधि जितेको थियो ।

त्यसयता उसले उपाधि जित्न सकेको छैन । टोटेनहमले उपाधिका लागि म्यानचेस्टर ‘डर्वी’ अर्थात म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीबीचको विजेतासँग खेल्नेछ ।

यि दुई टोलीबीच आज राति हुनेछ । फाइनल खेल भने अप्रिल २५ मा हुनेछ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.