काठमाडौ । नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षको विद्यार्थी संगठन अनेरास्ववियूले दिउँसै लाल्टिन जुलुस निकालेर विरोध प्रदर्शन गरेको छ । दाहाल नेपाल पक्षधर अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले बुधबार लाल्टिन जुलुश गरी सरकारले प्रतिनिधि सभा विघटन गरेको कदमप्रति विरोध जनाएको हो । माइतीघर मण्डलाबाट विद्यार्थीहरुले बानेश्वरसम्म दिउँसै लाल्टिन बालेर जुलुश प्रर्दशन गरेका थिए ।
प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै विद्यार्थी नेताहरुले नेपालको संविधानमा प्रतिनिधि सभा विघटनको कुनैपनि धारा नभएको बताए प्रधानमन्त्रीलाई गल्तीको प्रायश्चित गर्ने र सच्याउने अवसर अझै भएको भन्दै कानूनसम्मत्, संविधान सम्मत् निर्णय सच्याउन उनीहरुको माग छ ।
विद्यार्थीहरुले ‘दिउँसै लाल्टिन बाल्दा पनि भेटिएन है, संविधानमा संसद विघटनको धारा खै’ भन्ने ब्यानर लिएर प्रदर्शन गरेका थिए । विद्यार्थीहरुले ‘संसद विघटनको धारा खै, दिउँसै लाल्टिन बाल्यौँ ह’ै, ‘हामि अरु जान्दैनौँ, संसद विघटन मान्दैना’ै लगायतका नारा समेत लगाएका थिए । प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमविरुद्ध घोषणा गरिएको दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत बुधबार अनेरास्ववियूले लाल्टिन जुलुस निकालेको हो । मंगलबार बसेको अनेरास्ववियूको बैठकले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । अनेरास्ववियूले बिहीबार प्रधानमन्त्रीको पुत्ला जलाउने कार्यक्रम राखेको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com