राजविराज, २३ पुष । नेपाल-भारत सिमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले नेपालीमाथि गर्ने गरेको ज्यादती नौलो होईन ।
राजविराज, २३ पुष । नेपाल-भारत सिमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले नेपालीमाथि गर्ने गरेको ज्यादती नौलो होईन । भारतीय सुरक्षाकर्मीले नेपाली नागरिकमाथि ज्यादती गर्ने गरेको खबर दैनिक जस्तो सार्वजनिक हुँदा पनि नेपाल सरकार भने मुकदर्शक बन्दै आएको छ ।
यस्तै हालै भारतीय पक्षले सप्तरीको खडक खोलाको पुल निर्माणमा अवरोध गरेको छ । हुलाकी सडक आयोजना अन्तर्गत डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ कटैयामा निर्माण थालिएको खड्क खोलाको पुलमा भारतीय सीमा सुरक्षा बदल (एसएसबी)ले अवरोध गरेको हो ।
हुलाकी आयोजनाले ८ माघ २०७६ मा इलाइट कन्स्ट्रक्सन प्रालि काठमाडौंसँग यो पुल निर्माणका लागि सम्झौता गरेको थियो । कन्स्ट्रक्सनले सम्झौता भएपछि प्राविधिक कर्मचारी, कामदार र उपकरण ल्याएर काम शुरु गर्न खोज्दा एसएसबीले अवरोध गरेको हो ।
११२ मिटर लम्बाइ र ११ मिटर चौडाइ भएको पुल बनाउने तयारी छ । पुल निर्माणका लागि रु १८ करोड ३३ लाख भ्याटसहितमा ठेक्का लागेको हुलाकी आयोजनाका साइट इन्जिनियर आशुतोष कर्णको भनाई छ । पुल बनाउने भनेर पारी भारतीय गाउँ करियौर र नेपालतर्फका कटैयाका बासिन्दाका बीचमा छलफल हुँदा पुल बनाउने सहमति दिइएको बताउँदै कर्णले त्यही अनुसार नेपाल सरकारले ठेक्का लगाएको उनको भनाई छ ।
तर, सीमा नजिकै पुल बनिरहेकाले भारतीय पक्षले दुबै देशको सहमतिमा बन्नुपर्ने अडान लिएका छन् । कर्णले भने, ‘यसबारेमा भौतिक पूर्वाधार मन्त्रालयमा जानकारी गराउन लागेका छौं ।’ नेपाली भूमीमा नेपाली पक्षले बनाउन लागेको पुलमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध पुर्याउँदा काम ठप्प भएको छ ।
भारतीय सुरक्षाकर्मीले नेपाली नागरिकमाथि ज्यादती गर्ने गरेको खबर दैनिक जस्तो सार्वजनिक हुँदा पनि नेपाल सरकार भने मुकदर्शक बन्दै आएको छ ।
यस्तै हालै भारतीय पक्षले सप्तरीको खडक खोलाको पुल निर्माणमा अवरोध गरेको छ । हुलाकी सडक आयोजना अन्तर्गत डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ कटैयामा निर्माण थालिएको खड्क खोलाको पुलमा भारतीय सीमा सुरक्षा बदल (एसएसबी)ले अवरोध गरेको हो ।
हुलाकी आयोजनाले ८ माघ २०७६ मा इलाइट कन्स्ट्रक्सन प्रालि काठमाडौंसँग यो पुल निर्माणका लागि सम्झौता गरेको थियो । कन्स्ट्रक्सनले सम्झौता भएपछि प्राविधिक कर्मचारी, कामदार र उपकरण ल्याएर काम शुरु गर्न खोज्दा एसएसबीले अवरोध गरेको हो ।
११२ मिटर लम्बाइ र ११ मिटर चौडाइ भएको पुल बनाउने तयारी छ । पुल निर्माणका लागि रु १८ करोड ३३ लाख भ्याटसहितमा ठेक्का लागेको हुलाकी आयोजनाका साइट इन्जिनियर आशुतोष कर्णको भनाई छ । पुल बनाउने भनेर पारी भारतीय गाउँ करियौर र नेपालतर्फका कटैयाका बासिन्दाका बीचमा छलफल हुँदा पुल बनाउने सहमति दिइएको बताउँदै कर्णले त्यही अनुसार नेपाल सरकारले ठेक्का लगाएको उनको भनाई छ ।
तर, सीमा नजिकै पुल बनिरहेकाले भारतीय पक्षले दुबै देशको सहमतिमा बन्नुपर्ने अडान लिएका छन् । कर्णले भने, ‘यसबारेमा भौतिक पूर्वाधार मन्त्रालयमा जानकारी गराउन लागेका छौं ।’ नेपाली भूमीमा नेपाली पक्षले बनाउन लागेको पुलमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध पुर्याउँदा काम ठप्प भएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com