म्यानचेस्टर युनाइटेडलाई हराउँदै सिटी लिग कपको फाइनलमा प्रवेश

२३ पुष २०७७, बिहीबार ०८:३२

एजेन्सी, पुस २३ । चिर परिचित प्रतिद्वन्दी म्यानचेस्टर युनाइटेडलाइ हराउँदै म्यानचेस्टर सिटी लिग कपको फाइनलमा प्रवेश गरेको छ ।

वुधबार राति चीर प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई २–० गोल अन्तरले स्तब्ध पार्दै सिटीले टोटेनहमसँगको उपाधि भिडन्त पक्का गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल सिटीले दोस्रो हाफमा गरेको हो । हुनत पहिलो हाफमा दुवै टिमले एक एक गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्री (भार)ले खारेज गरेको थियो ।

५० औं मिनेटमा सिटीका लागि फिल फोडेनले गोल गर्दै अग्रता दिलाए ।  युनाइटेडका एन्थोनी मार्सल र आरोन वान विसाकाले पनि एक एक अवसर गुमाएका थिए । ८३ औं मिनेटमा फर्नान्डिन्होले २० यार्डबाट आकर्षक भली प्रहार गोलमा परिणत भएपछि सिटीले अग्रता दोब्बर बनाउन सफल भयो । सोही अग्रता कायम राख्दै सिटीले फाइनलमा स्थान सुरक्षित गरेको हो । फाइनल खेल बेम्ली रंगशालामा अप्रिल २५ तारिखमा हुने छ ।

सिटीका प्रशिक्षक ग्वार्डिओला र टोटनह्याम प्रशिक्षक जोसे माउरिन्होबीच सन् २०११ पछि पहिलोपल्ट फाइनल प्रतिस्पर्धामा भेट हुन लागेको हो । त्यतिबेला ग्वार्डिओला बार्सिलोना र माउरिन्हो रियल मड्रिडमा थिए, ती दुई टोलीले कोपा डेल रे को फाइनल खेलेका गिए । त्यतिबेला बार्सिलोनाले सिजनको तीन ठूला उपाधि जितेको थियो ।

म्यानचेस्टर सिटीले सन् २०१३÷१४ को सिजनयता पाँचपल्ट लिग कपको उपाधि जितेको छ । मंगलबार राती भएको पहिलो सेमिफाइनलमा ब्रेन्टफोर्डलाई पराजित गरी टोटनह्याम सेमिफाइनलमा पुगेको हो । टोटनह्याम पनि सन् २००८ यता ठूला प्रतियोगितामा उपाधिबिहीन छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.