दाहाल नेपाल समूह भगौडा, अश्लिल गाली गलौजका नाराहरु लगाए : ओली

२४ पुष २०७७, शुक्रबार २०:३८

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले दाहाल–नेपाल समूहलाई पार्टी छोडेर भागेका भगौडाहरुको संज्ञा दिएका छन् । कैलालीको धनगढीमा पार्टीको प्रदेश स्तरीय जनसभालाई सम्बोधन गर्दै उनले यस्तो संज्ञा दिएका हुन ।

उनले सडकमा गएर गालीगलौज गरेर मुख छाडेर, पत्रिकामा लेखाएर, अश्लिल गाली गलौजका नाराहरु लगाउने काम दाहाल नेपाल समूहले गरिरहेको आरोप लगाए । दाहाल नेपाल समूह गालीगलौज गरेर हिँडेको भएपनि आफू भने देश बचाउन हिँडेको दाबी गरे । दुई चारजना मान्छे पिलो निचोरेजस्तो निचोरिदा नेकपाको वजन नघटने उनको भनाइ छ । तीन करोडमा २ सय ६५ अर्कोतिर लाग्दा केही नहुने उनको भनाइ छ । पार्टी छाडेर जानेलाई उनले आगामी चुनावमा दश सिट जितेर देखाउन चुनौती पनि दिए ।

काम लाग्छ कि भनेर मैले दाहाललाई पार्टीमा ल्याएपनि सुधार गर्न नसकेको पनि उल्लेख गरे । नेकपाको दाहाल नेपाल समूहका नेताहरु आफन्तलाई मौका दिने काममा मात्रै लागेको आरोप लगाए । आफुले भने आफन्त टपक्क टिपेर जागिर नदिएको ओलीको भनाइ छ । नेकपाका दाहाल नेपाल समूहका दुई अध्यक्ष भन्दा आफु राजनीतिमा दश बर्ष जेठो रहेको दावी पनि उनले गरे । प्रतिनिधि सभा पुर्नस्थापना पनि नहुने र चुनाव निर्धारित समयमै हुने दावी दोहो¥याए ।

निर्वाचन समयमै हुने भन्दै तयारीमा लाग्न आग्रह गरे । उनले भीम रावलप्रति लक्षित गर्दै मन्त्री नपाएका कारण आफ्नो विरोधमा लागेको बताए । प्रधानमन्त्री केपी ओलीले पश्चिम सेती जलविद्युत आयोजनलाई तत्काल अगाडि बढाउने र गौरीफन्टा नाकाको स्तरोन्नतिको कुरा गर्ने बताए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली १४ तारिखमा भारत भ्रमण जाने जानकारी दिए । प्रधानमन्त्री ओलीले मुलुकको नयाँ नक्सा प्रकाशित गर्दा केही नक्कली राष्ट्रवादीहरुको टाउको चर्कोरुपमा दुखेको दावी गरे ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.