काठमाडौं, पुस २३ । सुदूरपश्चिम प्रदेश स्तरीय जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली आज धनगढी जाँदैछन ।
नेकपा ओली समूहको सुदूरपश्चिम प्रदेशले धनगढीमा आयोजना गरेको सभालाई सम्बोधन गर्न ओली धनगढी जान लागेका हुन । ओली समूहले आज धनगढीमा जनसभा गर्दैछ ।
पार्टी विभाजनपछि पहिलो पटक ओली काठमाडौं बाहिर जान लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
यसअघि काठमाडौंमा भएका विभिन्न कार्याकर्ता भेलालाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए ।
बुधबार सुदूरपश्चिम प्रदेश कमिटीले कमिटी विस्तार गर्दै आज सभा गर्ने निर्णय गरेको थियो ।
सो बैठकले ३० लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै नेकपा नेता भीम रावलालाई कारवाहीको सिफरिस पनि गरेको थियो ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com