काठमाडौं । विश्वभर गत २४ घण्टाभित्र सात लाख ८७ हजार २९६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा १४ हजार १९० जनाको मृत्यु भएको छ ।
पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड ८४ लाख ४६ हजार २७२ र मृत्यु हुनेको संख्या १९ लाख पाँच हजार ६२ पुगेको छ ।
पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख ४३ हजार ३२४ जना रहेका छन । सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण तीन हजार ७१० जनाको मृत्यु भएको छ ।
भारतमा पछिल्लो २४ घण्टाभित्र १८ हजार १०४ जना नयाँ संक्रमित थपिएका छन । त्यहाँ थप २३४ जनाका कोरोनाका कारण मृत्यु भएको छ ।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ५२ हजार ६१८, इटलीमा १८ हजार २०, ब्राजिलमा ८७ हजार १९४, जर्मनीमा २७ हजार ९८९, रसियामा २३ हजार ५४१, फ्रान्समा २१ हजार ७०३, कोलम्बियामा १७ हजार ५७६ तथा इरानमा ६ हजार ३६० जना नयाँ संक्रमित थपिएका छन ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com