३६२ जना कोरोना संक्रमित थपिए, थप ३ जनाको मृत्यु

२५ पुष २०७७, शनिबार १७:००

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ सय ६२ जनामा कोरोना पुष्टि भएको हो। हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको छ।
कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय १२ पुगेको छ। पछिल्लो २४ घण्टामा ६ सय ९९ जना निको भएर फर्किएका छन्। कोरोनाबाट निको हुनेको संख्या २ लाख ५७ हजार ९२८ पुगेको छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.